back
NMB ad

विर्यमा पनि कोरोना फेला, यौन सम्पर्कबाट पनि सर्ने संकेत !

Kumari bank ad

एजेन्सी । छुनुले र स्वास प्रश्वासको माध्यमबाट फैलिनसक्ने कोरोना भाइरस अन्य कुन कुन माध्यमबाट सर्न सक्छ भन्ने विषयमा अझै अध्ययन जारी छ ।

यस अध्ययनका क्रममा यौन सम्पर्कबाट पनि सर्न सक्ने संकेत स्वरुप विशेषज्ञहरुले केही प्रमाण प्राप्त गरेका छन् । उनीहरुले कोरोना संक्रमणको उपचारपछि ठीक भइसकेका पुरुषहरुको विर्यमा संक्रमण फेला पारेका छन् ।

चीनमा शोधकर्ताहरुले ३८ पुरुषको विर्यको विश्लेषण गरेका थिए जसमा कोरोना पोजिटिव थियो ।  शोधकर्ताका अनुसार ती मध्य केहीमा सुधार भएको छ भने केहीमा संक्रमण कायम छ । ६ मध्य १ को विर्यमा कोरोना भाइरस भेटिएको छ ।

यसमा ती ब्यक्ती पनि परेका छन् जो लामो समयसम्म विरोमी थिएनन् । चीन्को सांगकियु म्युनिसपल अस्पतालमा यो अध्ययन गरिएको हो । हेनान प्रान्चमा यहि अस्पतालमा मात्र कोरोनाको उपचार भइरहेको छ ।

जनवरी देखि फेब्रुअरीकोबीचमा १५ बर्षभन्दा माथिका कोरोना पोजिटिव देखिएका केटा तथा पुरुषहरुबाट नमुना संकलन गरिएको हो । ३८ जनामा १५ जना गम्भिर रुपमा विरामी भएका थिए ।

चीनका वरिष्ठ सक्रामक रोग विशेषज्ञले यो नतिजा आश्चर्य पार्ने खालको नभएको बताए । किनभने विर्यमा जीका र इबोला भाइरस पनि भेटिएका थिए । यद्यपी चीनको यो अध्ययनले यौन सम्पर्कबाट संक्रमण हुन सक्छ नै भन्ने प्रमाणित गर्न नसकेको भएपनि चिनियाँ वैज्ञानिकहरुले यसतो हुन सक्ने आशंका गरेका छन् ।

यस नतिजाका कारण नागरिकहरुमा यौनलाई लिएर थप भय उत्पन्न भएको छ । यौन सम्पर्कबाट दुरी राख्नुले कोरोना संक्रमणबाट बचाउन सक्छ भन्ने उनीहरुलाई लागेको छ ।

विश्वभरी कोरोना भाइरस संक्रमित करिब ४० लाख पुगेको छ । यो आंकडा वास्तविक भन्दा धरै कम हुन सक्छ किनभने यसमा जाँच नभएका तथा संक्रमणको सामान्य लक्षण भएर बिना परिक्षण घरमै ठीक भएकाहरु समावेश छैनन् ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १२:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...