back
NMB ad

कोरोना कहर : दिल्ली सरकार अन्तर्गतका कर्मचारीका लागि अर्को निर्णय !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) महामारीले भारतलाई अप्ठ्यारो पारिरहँदा अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकार सक्रिय देखिएको छ ।

डाक्टर र स्वास्थ्यकर्मीको उत्साह बढाउन अग्रपंक्तिमा देखिएका केजरीवालले दिल्ली सरकार अन्तर्गतका कर्मचारीका लागि अर्को निर्णय लिएका छन्।

अब दिल्ली सरकार अन्तर्गत काम गर्ने कर्मचारीहरुको कोरोना उपचार पाँचतारे होटलमा हुनेछ । त्यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ।
हिन्दूस्तान टाइम्सका अनुसार शुक्रबार दिल्ली सरकारको स्वास्थ्य विभागले यससम्बन्धी निर्देशन जारी गरेको छ ।

दिल्ली सरकारको स्वास्थ्य विभागले पाँच तारे होटलहरुमा बस्ने अधिकृत तथा उनीहरुका परिवार सदस्यले राजीव गान्धी सुपर स्पेसलिटी अस्पताल सरहको उपचार सुविधा उपलब्ध गराउने जनाएको छ। विभागले उपचार संयन्त्र जडान गर्न आदेश दिएअनुसार शाहदरा जिल्लाका तीन वटा होटलमा सो काम सुरु भइसकेको छ ।

‘दिल्ली सरकार, स्वायत्त संस्थान, निगम तथा स्थानीय निकायमा काम गर्ने अधिकृत तथा उनीहरुका परिवार सदस्यको कोरोना पोजिटिभ उपचार राजीव गान्धी सुपर स्पेसलिटी अस्पतालको सुविधा अब होटल परिसरमै उपलब्ध हुनेछ’, निर्देशन उदृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ।

पछिल्लो समय दिल्लीमा कोरोना संक्रमित बिरामीको संख्या तीब्र बढिरहेको छ। ६ हजार ३१८ संक्रमित भएको दिल्लीमा २ हजार २० जनाको उपचार गरिएको छ।

१७० कोठा बुकिङ

कोरोना संक्रमणको महामारीबीच दिल्ली सरकारले अति आवश्यक सेवाका कार्यालय खुलै राखी काम गरिरहेको छ। इन्डिया टुडे अनलाइनका अनुसार दिल्ली सरकारको निर्णयमा शुक्रबार पाँचतारे होटलका १७० कोठा बुक गरिएको छ। यी कोठामा कोरोना संक्रमितको उपचारको पूर्ण व्यवस्था हुनेछ।

‘दिल्ली सरकार अधिकृत तथा उनीहरुका परिवार सदस्य संक्रमित भए उनीहरुलाई उपचार एवं क्वारिन्टिनका लागि कोठा उपलब्ध हुनेछ’, इडिया टुडे अनलाइनले लेखेको छ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...