back
NMB ad

५०औं दिनमा खुलेको शेयर बजार एक घण्टामै २१.९३ अंकले घट्यो

Kumari bank ad

काठमाडौं । विद्युतीय माध्यमबाट कारोबार गराउने गरी ५० दिनमा खुलेको शेयर बजार एक घण्टामै २१ दशमलव ९३ अंकले घटेर १ हजार २२९ दशमलव ५२ विन्दुमा झरेको छ ।

यस दिन नेप्से परिसूचक १ दशमलव ६९ प्रतिशत घटेको हो । एक घण्टाको अवधिमा कारोबारमा आएका १० ओटै समूहको परिसूचक घटेको छ ।

यस दिन एक घण्टाको अवधिमा १६७ कम्पनीको ६७ पटकको व्यापारमा रू. १० करोड २७ लाख ५९ हजार बराबरको ९९ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ ।

यस अवधिसमम नागरिक लगानी कोषको सबैभन्दा बढी शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको प्रतिशेयर रू. २ हजार ३६७ मा रू. ८ करोड ८८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अघि चैत ९ गतेको अन्तिम शेयर कारोबारमा नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा थियो । यस दिन अघिल्लो दिनभन्दा नेप्से परिसूचक १८ दशमलव २० अंकले घटेको थियो । १२३ कम्पनीको शेयर कारोबार भएको यस दिन रू. १९ करोड ४६ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।

यस दिनको बजार पूँजीकरण रू. १६ खर्ब १९ करोडभन्दा बढी थियो । उक्त दिन नेप्से सेन्सेटिभ इन्डेक्स २७१ दशमलव शुन्य ६ विन्दुमा थियो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७६ अंकले घटेको थियो ।

लकडाउनका विच कारोबार सुचारू गर्न लागेको नेप्सेले कारोबारमा आउन सक्ने सम्भावित गुनासाहरु समाधानका लागि हेल्प डेक्सको स्थापना गरेको छ ।

कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले भनेको छ । दैनिक विहान ११ बजेदेखि दिनको १ बजेसम्म जम्मा दुई घण्टा कारोबार हुने गरी बजार खुला भएको हो ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...