back
NMB ad

मुलुकका विभिन्न भागमा एकैदिन थपिए ८३ संक्रमित, कोरोनाको भुंग्रोमा प्रदेश २

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ५७ र बेलुका २६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि गरेको हो।

यससँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ । बिहान पुष्टि भएकामध्ये दुई जना सञ्चारकर्मी छन्। पछिल्लो संक्रमितमध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको स्वाब नमुना परीक्षण गरिएको थियो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिउँसो प्रेस ब्रिफिङमा पर्साका ३९, रूपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना संक्रमित रहेको बताएका थिए। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेलुका जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्साकै थप १८ जनामा संक्रमण देखिएको छ । यस्तै, महोत्तरी, धनुषा र भक्तपुरका २/२, काठमाडौं र सर्लाहीका १/१ जना संक्रमित छन् ।

¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण भइरहेको छ। स्वाब संकलन र परीक्षण दायरा विस्तार गरिएको छ । मुलुकका सातै प्रदेशमा रहेका ८ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार ५९ हजार ६ सय २७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ। पीसीआर विधिबाट १८ हजार ९ सय ६४ नमुना परीक्षण गरिएको उनले बताए। पछिल्लो पटक थप २ हजार २ सय ३६ वटा परीक्षण भएका छन । मुलुकभरका क्वारेन्टाइनमा १२ हजार ७ सय ८५ जना बसिरहेका छन्। आइसोलेसनमा रहेकाको संख्या २ सय २८ छ ।

कोरोनाको भुंग्रोमा प्रदेश २

प्रदेश नम्बर २ कोरोना संक्रमणको भुंग्रोमा परेको छ। भारतबाट प्रवेश गरेका जमातीको सम्पर्कमा रहेका व्यक्तिबाट संक्रमण फैलिएको जनाइएको छ । प्रदेश २ का ८ जिल्ला भारतीय सीमासँग जोडिएका छन्।

बिहार राज्यका जिल्लासँग जोडिएको प्रदेश २ का पर्सा, महोत्तरी, बारा, रौतहट, धनुषा र सर्लाहीमा संक्रमित फेला परेका छन् । प्रदेश २ मा १ हजार ५ सय ३४ जना क्वारेन्टाइनमा बसिरहेको प्रवक्ता डा. देवकोटाले बताए। ८० जना आइसोलेसनमा छन्।

यस्तै, प्रदेश नम्बर ५ का नागरिक कोरोनाको उच्च जोखिममा देखिएका छन्। भारतको मुम्बईबाट आएका व्यक्तिले संक्रमण बढाएको पाइएको छ।

कपिलवस्तुमा स्थानीय प्रशासनले जिल्ला सिल गरेको छ। भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाउँपालिका, बुद्धभूमि नगरपालिकामा नयाँ संक्रमित फेला परेका हुन्।

कपिलवस्तुपछि बाँकेको नेपालगन्जमा संक्रमित बढी देखिएका छन्। तेस्रोमा रुपन्देही जिल्ला प्रभावित भएको छ। बर्दियाको राजापुर–५ की ११ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ।

कपिलवस्तु र रूपन्देहीका संक्रमित बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत छन्। बाँके र बर्दियाका संक्रमितको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा भइरहेको छ।

उक्त प्रदेशमा ५ हजार ४ सय ४२ जना क्वारेन्टाइनमा बसिरहेको डा. देवकोटाले बताए। ९८ जना आइसोलेसनमा छन्।(अन्नपूर्ण पोष्ट अनलाइनबाट)

वि.सं.२०७७ वैशाख ३१ बुधवार ०७:५५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...