काठमाडौं । लोक सेवा आयोगले एक जरुरी सूचना निकालेको छ । आयोगको पोखरा कार्यालय, अन्तर्वार्ता सिफारिश शाखाले सिफारिश पत्र पठाइएको जानकारी सम्वन्धी सूचना निकालेको हो ।
उक्त कार्यालयको विज्ञापन नं. १२९६०/१२९६३/०७५–७६ (खुला तथा समावेशी) स्थानीय तह इञ्जिनियरिङ सेवा, सिभिल समूह, असिष्टेन्ट सब– इञ्जिनियर, (प्राविधिक) चौथो तह वा सो सरह पद र विज्ञापन नं. १२९६४/०७५–७६ (खुला) स्थानीय तह इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उमसमूह खा.पा.स.टे. (प्राविधिक) चौथो तह वा सो सरह पदको सिफारिस पत्र सम्वन्धी सम्वन्धित स्थानीय तह(गाउपालिका/नगरपालिका) को इमेलमा पठाइएको सूचनामा उल्लेख छ ।
सम्वन्धित उम्मेदवारले आफु सिफारिश भएको स्थानीय तहमा सक्कल कागजात( नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र) सहित सम्पर्क राख्न आयोगले अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ वैशाख ३१ बुधवार १३:५९ मा प्रकाशित