काठमाडौं । नेपालमा बुधबार साँझ २४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा एक जना थपिएका हुन् ।
रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४, १० र २८ वर्षीय महिलामा संक्रमण देखिएको छ । कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४० र ४२ र ४२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्सामा ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिलामा संक्रमण देखिएको छ भने नवलपरासीमा ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा संक्रमित संख्या २४३ पुगेको छ ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार १९:५४ मा प्रकाशित