back
NMB ad

लकडाउन कसिलो बन्दै : उपत्यकाका तीन सीडीओसहित गृह मन्त्रालयले गर्यो यस्तो निर्णय

Kumari bank ad

काठमाडौं । सरकारले भोलिदेखि लकडाउन थप कडा बनाउने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन कडा बनाउने भएको हो ।

गृह मन्त्रालयले बिहीबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलपछि लकडाउन कसिलो बनाउने निष्कर्ष निकालेको हो ।

शुक्रवारदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिने बताइएको छ । अब उपत्यका भित्रने र बाहिरिने नाकामा थप कडाइ गरिने छ । नगरपालिकाका मेयरहरूले भने भित्री सडकमा पनि जाँचमा कडाइ गर्न सुझाएका छन् ।

आवागमन रोक्नकै लागि गृह मन्त्रालयले सबै खाले पास रद्द गरिसकेको छ । जिल्लामा पास दिनुपर्दा प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्ने निर्देशन गृहले दिएको हो ।

काठमाडौंमा लकडाउन नै नरहेको भन्दै प्रधानमन्त्रीले कडा गर्न आदेश दिएलगत्तै गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुख र नागरपालिकाका मेयरहरुलाई बोलाएर कडा पार्न लागेको हो ।

वि.सं.२०७७ जेठ १ बिहीवार १७:०६ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...