back
NMB ad

कोरोना कहर : विश्वभर ४४ लाख ३८ हजार बढी संक्रमित, ३ लाख धेरैको ज्यान गयो, कहाँ कति ?

Kumari bank ad

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार बिहान आवधिक गरेको तथ्यांकअनुसार यस भाइरस संक्रमणबाट ३ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभर ४४ लाख ३८ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। १५ लाख ८६ हजार भन्दा बढी संक्रमित कोभिड–१९ भाइरसमुक्त भएका छन्।

१४ लाख १७ हजारभन्दा बढी संक्रमित देखिएको संयुक्त राज्य अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ८५ हजार ८ सय भन्दामाथि पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १७५० भन्दा धेरै संक्रमितले ज्यान गुमाएको देखिन्छ ।

मृत्यु अमेरिकापछि सबैभन्दा धेरै जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा रुस रहेको रुसमा हालसम्म २ लाखा ५२ हजार भन्दा धेरै स्रक्रमित रहेका छन् । संक्रमितको संख्याको अनुपालमा रुसमा मृत्युदर भने न्यून छ । करिब २३ सयले मात्रै ज्यान गुमाएका छन् ।

बेलायत संक्रमण संख्याका आधारमा तेस्रो रहेपनि यस भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा दोस्रोमा रहेको छ। यहाँ २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण रहेको पुष्टि हुँदा मृत्यु हुनेको करिब संख्या ३३ हजार ७ सय पुगेको छ।

छिमेकी मुलुक भारतमा संक्रमणको दर तीब्र गतिमा बढिरहेको छ । हालसम्म भारतमा करिब ८२ हजारमा संक्रमण रहेको पुष्टि भएको छ भने मृतकको संख्या २६ साय नाघेको छ।

नेपालमा बिहीबार राति आवधिक गरेको विवरण अनुसार संक्रमण पुष्टि भएकाको संख्या २४९ पुगेको छ। कोरोना संक्रमणका कारण नेपालमा कसैको मृत्यु भएको पुष्टि भएको छैन।

कुन देशमा कति ? (दस देशको आँकडा)

अमेरिका

संक्रमित: १४,१७,३५० मृत्यु: ८५,८८४ निको: २,४६,४१४

रुस

संक्रमित: २,५२,२४५ मृत्यु: २,३०५ निको: ५३,५३०

बेलायत

संक्रमित: २,३४,४४० मृत्यु: ३३,६९३ निको: १,०४३

स्पेन

संक्रमित: २,२९,५४० मृत्यु: २७,३२१ निको: १,४३,३७४

इटाली

संक्रमित: २,२३,०९६ मृत्यु: ३१,३६८ निको: १,१५,२८८

ब्राजिल

संक्रमित: २,०२,९१८ मृत्यु: १३,९९३ निको: ७९,४७९

फ्रान्स

संक्रमित: १,७८,९९४ मृत्यु: २७,४२८ निको: ५९,७१९

जर्मनी

संक्रमित: १,७४,४७८ मृत्यु: ७,८८४ निको: १,५०,३००

टर्की

संक्रमित: १,४४,७४९ मृत्यु: ४,००७ निको: १,०४,०३०

इरान

संक्रमित: १,१४,५३३ मृत्यु: ६,८५४ निको: ९०,५३९

(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

वि.सं.२०७७ जेठ २ शुक्रवार ०७:४३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...