back
NMB ad

एउटै गाउँपालिकाको क्वारेन्टाइनका ५९ जनामा कोरोना संक्रमण पुष्टि

Kumari bank ad

नेपालगन्ज । कोभिड–१९ का संक्रमित सोमबार ८० जना थपिएका छन् । तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्रै ५९ जना छन् ।मुलुकभरमा अहिलेसम्म संक्रमण पुष्टि भएका ३ सय ७५ जनामध्ये २ जनाको मृत्यु भइसकेको छ ।

नरैनापुरमा सोमबार संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरू हुन् । यसअघि यो गाउँपालिकामा क्वारेन्टाइनमै बसेका ९ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १ जनाको आइतबार बिहान मृत्यु भएको थियो ।

संक्रमित धेरै देखिन थालेपछि नरैनापुर गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दै सोमबारदेखि सिल गरिएको छ । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनबाट शनिबार संकलित १ सय ९२ जनाको थ्रोट स्वाब भेरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा सोमबार ५९ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रमितको संख्या ९३ पुगेको छ ।

गाउँपालिकाका संक्रमित र मृत्यु भएका युवक कोभिड–१९ महामारीपछि भारतका विभिन्न सहरबाट फर्किएकाहरू हुन् । उनीहरूलाई गत वैशाख ३० मा सीमाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो । धेरै जना सीमामा अलपत्र परेपछि स्थानीय विद्यालयलाई क्वारेन्टाइन बनाइएको थियो ।-कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ जेठ ६ मंगलवार ०७:५३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...