back
NMB ad

नीति तथा कार्यक्रम बहुमतले पारित

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । नीति तथा कार्यक्रम संसदबाट भारी बहुमतले पारित भएको हो ।

आव २०७७/७८ को नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादृवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रमबारे दुबै सदनमा आइतबार र सोमबार सांसदहरुले छलफल गरेका थिए ।

दुई दिनको छलफलपछि नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा जवाफ दिनुभयो । प्रधानमन्त्रीको जवाफपछि सांसहरुले केही जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले सांसदहरुको ती जिज्ञासाको पुन जवाफ दिनुभयो ।

त्यसपछि सभामुख अग्नि सापकोटाले नीति तथा कार्यक्रम संसदमा निर्णार्थ पेश गर्नुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रम संसदबाट भारी बहुमतसहित पारित भएको हो ।

नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका सांसदहरुले ७ वटा संशोधन प्रस्ताव पेश गरेका थिए । विभिन्न दलका सांसदशरुले छुट्टाछुट्टैरुपमा पेश गरेको ती संशोधन प्रस्ताव संसदको बहुमतले अस्वीकृत गरेको छ ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...