back
NMB ad

१० जनामा भेटियो कोरोना संक्रमण, झापा कचनकवलका पाँच वडा शिल

Kumari bank ad

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ। दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

पालिकामा सात वडा रहेका छन्। शनिबार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो।

उनीहरु सबैको पिसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो। उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप नौ जनामा पुष्टि भएको थियो।

उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उनले बताए। सोही पालिकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन्।

सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँवासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए।

मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोडिभ अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए। -रासस

वि.सं.२०७७ जेठ ७ बुधवार ०७:२२ मा प्रकाशित

You can share this post!

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...