back
NMB ad

९ वटा सरकारी निकायले फिर्ता गरे ४ अर्ब ८१ करोड बजेट, कुनबाट कति फिर्ता ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न ९ वटा सरकारी निकायले ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट अर्थमन्त्रालयमा फिर्ता गरेका छन् ।

सबैभन्दा बढी रक्षा मन्त्रालयले फाष्ट ट्याक तर्फ २ अर्ब ८३ करोड ६६ लाख ५२ हजार र रक्षा मन्त्रालयबाटै ५ करोड ६१ लख २३ हजार २ सय ३१ रुपैयाँ बजेट फिर्ता भएको छ ।

अर्थ मन्त्रालयका अनुसार उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयले ५१ करोड ५७ लाख ९२ हजार ५ सय ६० रुपैयाँ फिर्ता गरेको छ भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट ७२ करोड ६२ लाख ५० हजार, परराष्ट्र मन्त्रालयबाट ३५ करोड ९१ लाख ६५ हजार, निर्वाचन आयोगबाट २० करोड ३१ लख रुपैयाँ, राष्टपति कार्यालयबाट ९ करोड ५० लाख राष्टिय प्रकृति स्रोत तथा वित्त आयोगबाट १ करोड रुपैयाँ, सार्वजनिक खर्च वित्तिय उत्तरदायित्वको सचिवालयबाट ९९ लाख ६२ हजार रुपैयाँ फिर्ता भएको अर्थमन्त्रालयले जनाएको छ ।

यी निकायहरुले खर्च गर्न नसकेको रकम सरेण्डर (आत्मसमर्पण) गरेका हुन् । सरकारले बजेट कार्यान्वयन गर्न बनाएको कार्यविधि अनुसार चैत मसान्तसम्म खर्च नभएको र हुन नसक्ने देखिए बजेट सरेण्डर (फिर्ता) गर्नुपर्नेछ । अर्थात यो आयोजनामा खर्च गरेनौ वा गर्न सकेनौ भनेर बजेट फिर्ता गर्नुपर्ने हुन्छ ।

कोभिड १९ सँग लड्न स्रोत व्यवस्थापनका लागि यसअघि अर्थमन्त्रालयले विभिन्न १४ शीर्षकका बजेट रोक्का गरिसकेको छ । बजेट सरेण्डर पनि स्रोत व्यवस्थापनको अर्को उपाय हो ।-रोतोपाटीबाट

कुनबाट कति ?

वि.सं.२०७७ जेठ ७ बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...