back
NMB ad

पसल अब तीन घण्टा खुल्ने, निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागू

Kumari bank ad

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकमीलाई गत आइतबार कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पताल सञ्चालमा आउने भएको छ।

बुधबार बसेको धनकुटा कोभिड १९ कमाण्ड फोर्सको बैठकले धनकुटा अस्पतालमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राखेर अस्पतालमा सेनिटाइजर गरेर सञ्चालनमा ल्याइने निर्णय गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिब जयराम श्रेष्ठले बताए।

उनले धनकुटा अस्पताल सञ्चालन नभएसम्मका लागि धनकुटा ६ मा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट अस्पतालको सबै सेवा सेवा सञ्चालन गरिने बताए । धनकुटा अस्पतालका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापन नभएसम्म आँखा अस्पतालबाट सेवा सञ्चालन गरिने भएको हो ।

स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि धनकुटाको डाँडाबजार र जीतपुरबाट केही स्वास्थ्यकर्मी ल्याइने र अन्य स्वास्थ्यकर्मी प्रदेश सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै, धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागू गर्ने निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए ।

धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुंगा, गिटी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुन दिइने भएको छ ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...