back
NMB ad

प्रहरीको बर्दीमा भएकैबेला यूवतीलाई बलात्कार ! डिएपी खिउजु थुनामा

Kumari bank ad

काठमाडौं । प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया यूवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाएको छ।

तत्काल प्राप्त प्रमाण हेर्दा खिउजुलाई थुनामा राख्नुपर्ने देखिएको भन्दै जिल्ला अदालतले बिहीबार खिउजुलाई थुनामा पठाएको ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नागेन्द्र कालाखेतीले जानकारी दिए।

जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाँउ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै ती किशोरीले दिएको जाहेरीका आधारमा उनी विरूद्ध बलात्कारको मुद्दा लागेको थियो।

गएको माघमा जाहेरी परेको थियो भने फागुनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। सरकारी वकिलले खिउजुविरूद्ध बलात्कारको अभियोगपत्र भने बुधवार दर्ता गरेको थियो।

७ देखि १० वर्षसम्मको कैद सजाय र पिडितलाई मनासिब क्षतिपूर्ति दिलाउन माग गरिएको छ। प्रहरी कार्यालय सेवामा रहेकाबेला बलात्कार गरेको भन्दै जिल्ला सरकारी वकिलले खिउजुलाई थप ४ वर्ष कैद र ४० हजार जरिवानासमेत माग गरेको छ। खिउजुले आफूलाई ६ महिनासम्म बेलाबेला धम्काउने, फकाउने र बलात्कार गर्ने गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी थिइन्।

यस्तो थियो घटनाः

थुप्रै चाहना, पढ्ने र कमाउने रहरले भर्खरै गाउँबाट ती युवती ललितपुरको एक गाउँबाट सहर आएकी थिइन्। परिवारबाट टाढा बसेर सहर आउन त आइन् तर काम पाइहालेकी थिइनन्।

उनले कतैबाट महाराजगञ्जस्थित एक संस्थाले सेक्युरिटी गार्डको लागि मान्छे मागेको छ भन्ने कुरा सुनिन्। सोध्दै खोज्दै त्यहाँ पुग्दा ‘प्रहरी रिपोर्ट लिएर आउन’ भन्यो।

२०७५ साल माघको ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रहरी कार्यालयमा रिपोर्ट बनाउन उनी पुगेकी थिइन्। त्यहाँ उनको भेट डिएसपी राजकुमार खिउजूसँग भयो। डिएसपी खिउजूले उनलाई चिया खाएर जान प्रस्ताव राखे। उनी एकछिन अलमलिइन्।

एक प्रहरीले चिया लिएर आएपछि खिउजू पनि सँगसँगै आइपुगे। बर्दीमै रहेका डिएसपी खिउजूले ढोकाको चुकुल लगाए। उनलाई निकै डर लाग्यो।

उनले किन ढोका लगाएको भन्न नपाउँदै खिउजू युवतीमाथि जाइलागे। ’म चिच्याउन सुरू के गरेकी थिएँ उसले मेरो मुख थुनिदियो। म चल्मलाउन सकिनँ,’ उनले सेतोपाटीसँग भनेकी थिइन्, ’चिया खान भनेको थियो तर प्रहरीको बर्दीमै उसले मलाई बलात्कार गर्‍यो।’

बलात्कार गरेपछि खिउजूले आफूलाई धम्क्याएको युवतीले बताइन्। आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए।

त्यसपछि खिउजू आफैंले गाडीमा राखेर उनी बस्ने घरसम्म पुर्‍याए। ’मलाई बिरामी भएको भन्दै खिउजूले गाडीमा बस्न भन्यो। गाडी अर्कैले चलाएको थियो। ऊ मेरो छेउमा बसेर पनि मलाई धम्क्याइरहेको थियो,’ उनले सेतोपाटीसँग भनेकी थिइन् ’उसैले म बस्ने ठाउँसम्म पुर्‍याइदियो। मलाइ निकै डर लाग्यो।’

खिउजू त्यतिमै रोकिएनन्। त्यस दिनदेखि उनी बिहान बेलुकै ती युवतीको कोठामा पुग्न थाले। ’त्यसपछि पनि झण्डै छ महिनासम्म ऊ मेरै कोठामा आएर मलाई धम्क्याउँदै बलात्कार गर्‍यो,’ उनले भनेकी थिइन्, ’यो कुरा मैले कसैलाई भन्नै सकिनँ न परिवारलाई न त साथी भाइलाई नै।’

वि.सं.२०७७ जेठ १५ बिहीवार १७:४९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...