back
NMB ad

१४ खर्ब ७४ अर्ब बजेट विनियोजन : ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि पौने १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले आउँदो आवका लागि १४ र्ख ७४ब अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गर्नुभएको छ ।

खतिवडाले चालू अर्थात् सामान्य खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । त्यसैगरी ३ खर्ब ५२ करोड रकम पुँजीगत अर्थात् विकास निर्माणतर्फ विनियोजन गर्नुभएको छ ।

वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी २ खर्ब २५ अर्ब आन्तरिक र २ खर्ब ९९ रुपैयाँ विदेशी ऋणबाट परिचालन गरिने लक्ष्य सरकारको छ । त्यसैगरी आन्तरिक ऋणको उपयोग विकास बजेटतर्फ मात्रै खर्च गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

सरकारले आगामी अर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । चालू आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका वेला सरकारले आगामी वर्ष महत्वाकांक्षी लक्ष्य लिएको हो ।

कोभिड– १९ का कारण पूरै अर्थतन्त्र धराशायी भइरहेका वेला आउँदो आर्थिक वर्षका लागि सरकारले उच्च महत्वांकाक्षी आर्थिक वृद्धिको लक्ष्य लिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिको लक्ष्य प्रस्तुत गर्नुभएको हो ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १८:४३ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...