back
NMB ad

जातीय विभेदविरुद्ध प्रदर्शन : दलित विद्यार्थीले आफुले आफैँलाई कोर्रा हानेपछि…

Kumari bank ad

चिरञ्जीवि घिमिरे,झापा । जातीय विभेदविरुद्ध झापामा नयाँ शैलीमा आन्दोलन गरिएको छ। झापाका दलित विद्यार्थीले आफूले आफैँलाई कोर्रा हान्दै प्रदर्शन गरेका हुन्।

नेपाल राष्ट्रिय उत्पीडि विद्यार्थी संगठनको आह्वानमा बिर्तामोडमा युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्। युवा विद्यार्थीले नांगो शरीरमा आफूले आफैँलाई कोर्रा हान्दै बिर्तामोडको मुक्ति चोक क्षेत्रमा प्रदर्शन गरेका छन्।

पश्चिम रूकुममा ६ जना युवाको ज्यान जानेगरी भएको हत्याकाण्ड लगायत देशभर भएका जातीय विभेदविरुद्ध सांकेतिक विरोध गरिएको संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रान्तीले बताए। ‘अहिले पनि दलितले मान्छे भएर बाँच्न पाएका छैनन्,’ उनले भने, ‘छुवाछुतमुक्त राष्ट्र घोषणा गर्दा पनि विभेद उस्तै छ।’ प्रदर्शनलाई उनले मृत्यु र पीडा सहेर पनि दलित बाँचिरहेको संकेत भएको बताए।

प्रदर्शनमा सहभागीले नवराज विकसहित रुकुमपश्चिम घटनामा मारिएका ६ युवाका हत्याका दोषीलाई हदैसम्म कारबाहीको माग गरेका छन्। प्रदर्शनमा सहभागीले प्रेमको बदला हत्या गरिएको भन्दै सबैले सम्मानित रुपमा बाँच्न पाउनुपर्ने माग गरे। (नयाँ पत्रिकाबाट)

वि.सं.२०७७ जेठ २१ बुधवार १४:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...