back

युएईबाट २ सय ५० र म्यानमारबाट २६ नेपाली शुक्रबार स्वदेश फर्काइने : एनआरएनए

काठमाडौं । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ। सरकारले पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघले नेपालीहरूलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो ।

मन्त्रीद्वयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिबद्धता एनआरएनएसँग जनाएका थिए। शुक्रबार सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तीव्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरूलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपालीहरू स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गरे। नेपालीहरूलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

संघले विश्वभर छरिएका नेपाली दूतावाससँग सहकार्य गर्दै नेपालीहरूको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई गत हप्ता नै निर्देशन दिएको थियो।

पहिलो पटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको अध्यक्ष पन्तको भनाइ छ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरूलाई धैर्य गरी जहाँ भएपनि त्यहीँ रहेर एकअर्कालाई सहयोग पु¥याउन समेत आग्रह गरे। यसअघि संघका विदेशस्थित शाखाहरूले नेपाल फर्कन चाहनेहरूको तथ्यांक संकलन गर्दै आएका छन्।

तथ्यांकअनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ। युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १८:१८ मा प्रकाशित

You can share this post!

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...