back
NMB ad

बैंकहरु आइतबारदेखि पुरै खुल्ने

Kumari bank ad

उदयपुर । लकडाउनका कारण सर्वसाधरणको दैनिकी असहज बन्दै गएको गुनासो बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लाभित्र लकडाउनलाई केहि खुकुलो बनाएको छ।

कोरोना भाइरस (कोभिड-१९) का कारण झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठ्न थालेपछि लकडाउनलाई केहि सहज बनाइएको हो।

पछिल्लो पटक गत २ गते एकजना पत्रकारमा संक्रमण देखिएयता नयाँ संक्रमित नदेखिएपछि लकडाउनलाई केहि खुकुलो बनाइएको हो। संक्रमित नथपिएपछि स्थानीयले सदरमुकामका पसल खोल्नुका साथै चहलपहल बढाउन र सवारी आवागमन बढाएपछि प्रसासनले कडाई गर्न थालेको थियो। प्रशासनले शुक्रबारबाट विहान ६ देखि ११ बजेसम्म सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य बस्तुका पसलहरु खोल्न दिएको छ।

नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तु, जुत्ताचप्पल, कपडा पसल, हार्डवेयरका पसल खोल्न दिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए।

विकास निर्माणका कामहरु धमाधम भइरहेकाले हार्डवयर पसललाईसमेत खोल्नु अनुमति दिइएको उनको भनाई छ। सर्बसाधारणले आफुलाई आवश्यक पर्ने कुराहरु विहान ११ बजेसम्ममा खरिदगरी सक्नु पर्ने र ब्यापारीहरुले तोकिएकै समयमा कारोवार गरेर बन्द गर्नुपर्ने गरी बजार खोलिएको उनको भनाई छ।

व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग जस्ता कुराको व्यवस्थापन त्रियुगा उद्योग वाणिज्य संघले गर्ने र लकडाउनको पालना भए नभएको, बजारमा कोरोनाप्रतिको सतर्कता अपनाए, नअपनाएको बारेमा नागरिक समाज, जनप्रतिनिधि र प्रशासनले अनुगमन गर्ने गरी सूचारु गरिएको प्रजिअ पहाडीले बताए।

लकडाउनको अवज्ञा नदेखिने गरी नागरिकहरुको जनजिविकालाई केही सजह बजाउन र व्यापारीहरुको मागसमेतलाई सम्बोधन गर्न यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए। भिडभाड नहुने अपेक्षासहित निश्चित समय तोकेर सातैबार पसल खुलाउने निर्णय भएको उनले बताए।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सर्वसाधारणको जनजिविकालाई केही सहज बनाउने उद्देश्यले बजार केही खुकुलो पारिएको बताए। उनले दैनिक ज्यालादारी मजदुर, व्यापारी र सर्वसाधरणको वृहत्तर हितलाई मध्यनजर गरी यस्तो निर्णय गर्न बाध्य भएको बताए।

निरन्तर लकडाउनले एकातिर गरिव तथा श्रमिक मजदुरले भोकभोकै बस्नुपर्ने अवस्था आइलागेको र अर्कातिर व्यापार व्यवसाय चौपट पारेको गुनासो बढ्दै गएको स्थानीयले गुनासो गर्दै आएका थिए।

स्थानीय सरकारले दुई चरणमासम्म राहत वितरण गरेपछि थप राहात विरतण गर्ने स्रोत नभएको बताईरहदा विपन्न बर्ग र मजदुर सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाउदै लगेको भन्दै लकडाउन खुकुलो पार्न स्थानीयले आग्रह गर्दै आएका थिए।

वैशाख ५ देखि जेठ २ गतेसम्ममा त्रियुगा नगरपालिका-३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १६ जमातिसहित ३२ तथा एक पत्रकार गरी ३३ जनामा कोरोना संक्रमण पाइएपछि ‘सिल’ गरिएको भुल्केमा साता दिनयता आउजाउ सहज बनाइएको छ। भुल्के खुलेलगत्तै गाईघाटमा एक्कासी चहलपहल बढ्न थालेपछि प्रशासनले कडाई गरेको थियो।

बैंकहरु आइतबारदेखि पुरै खुल्ने

जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र नागरिक समाजका अगुवासहितको संयुक्त बैठकले निश्चित समयका लागि बजार खुलाउने र बैंकहरु आइतबारदेखि पुरै समय खोल्ने निर्णय भएको छ।

दुई दर्जनको हाराहारीमा रहेका विभिन्न बैंकका शाखाहरु लकडाउनको बेला नियमित नखुल्दा भिडभाड हुने गरेको छ। हप्तामा दुइ र तीन दिनसम्म मात्र खोल्दा सेवाग्राहीको अत्याधिक भिड हुने गरेपछि यस्तो निर्णय लिइएको मेयर चौधरीले बताए।

निश्चित समय र आलोपालो गरेर खोल्दा भिडभाडले कोरोनाको जोखिम झनै थपिएको र अहिले स्थिति केही सामान्य देखिएकाले पनि आइतबारदेखि पुरै बार खुलाउने तयारी रहेको उनले बताए।

यसअघि नगरपालिकाले सूचना सार्वजनिक गर्दै दैनिक दश वटा बैंक खुल्ने तालिका सार्वजनिक गरेको थियो। सबै बैंक पुरै खूल्ने भएपछि सर्बसाधारणले लाइन बसेर भिडभाड हुन नपर्ने अपेक्षा लिइएको छ। (अन्नपूर्ण पोष्ट अनलाइनबाट साभार)

वि.सं.२०७७ जेठ २३ शुक्रवार १५:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...