back
NMB ad

शिक्षिकाकाले डेढ करोड तलब बुझेपछि…

Kumari bank ad

एजेन्सी । भारतमा एक जना शिक्षिकाले वर्ष दिनमा एक करोड भारू तलब बुझेकी छन्। उत्तर प्रदेशको कस्तुर्वा गान्धी बालिका विद्यालयमा विज्ञान पढाउने शिक्षिकाले गत फेब्रुअरीसम्म २५ वटा विद्यालयबाट तलब लिएको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कस्तुर्वा गान्धी बालिका विद्यालय निम्न वर्गीय परिवारका बालिकाहरूलाई पढाउन खोलिएको विद्यालय हो। भारतभरका शिक्षकहरूको डाटाबेस बनाएपछि ती शिक्षिकाले गत फेब्रुअरीसम्म १३ महिनामा करोड भारू तलब लिएको खुलेको हो।

अनामिका शुक्ला नामकी ती शिक्षिकाले उत्तर प्रदेशका प्राथमिक विद्यालयमा लागू गरिएको रियल टाइम एटेन्डेन्सका बाबजुद् यस्तो गर्न सफल भएकी हुन्।

विद्यालय शिक्षा विभागका महानिर्देशक विजय किरण आनन्दका अनुसार उनले १३ महिनासम्म कसरी २५ स्कुलमा पढाएको भन्दै तलब लिन सकिन् भनेर अनुसन्धान सुरू भएको छ।

‘रियल टाइम एटेन्डेन्सका बावजुद् एउटा शिक्षक कसरी यति धेरै स्कुलमा उपस्थित हुन सक्छन्? यो साँच्चै गहिरो अनुसन्धान गर्नु पर्ने विषय हो,’ आनन्दले भने,‘हामीले अधिकारीहरूलाई यस विषयमा अनुसन्धान गर्न भनिसकेका छौं। लकडाउनका कारण उनका सबै रेकर्ड आइसकेका छैनन्। यदि उनीमाथि आरोप पुष्टि भए कडा कारबाही गरिनेछ।’

आनन्दले ती शिक्षिकालाई सुरूमा कुन विद्यालयमा पोस्टिङ गरिएको थियो भन्ने पनि अनुसन्धान भइरहेको बताएका छन्। शुक्लाले अम्बेडकर नगर, बाघपट, अलिगढ, साहारानपुर, प्रयागराजलगायत ठाउँका स्कुलबाट तलब लिएको देखिएको छ। यी हरेक जिल्लामा कस्तुर्वा गान्धी बालिका विद्यालयका एकरएक शाखा छन्।

कस्तुर्वा गान्धी बालिका विद्यालयमा एक शिक्षकले मासिक ३० हजार भारू तलब पाउँछन्। उनले सबै विद्यालयको तलब लिन एउटै बैंकको खाता प्रयोग गरेकी थिइन् कि फरक भन्ने खुलेको छैन।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १७:३२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...