काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा भोलि सार्वजनिक हुने भएको छ। अमेरिकी दूतावासका अनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशीत गरिने छ । ५ मे मा हुने भनिएको छनोट कार्यक्रम कोरोना महामारीका कारण ६ जुनमा सारिएको थियो ।
अन्तर्वार्तामा भने १ अक्टोबरमा नै हुने दूतावासले जनाएको छ । नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरी हेर्न मिल्छ ।
वि.सं.२०७७ जेठ २३ शुक्रवार २१:२७ मा प्रकाशित