back
NMB ad

कोरोना संक्रमणबाट बागमती प्रदेशमा तीन जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत छन् ।

कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना विभाग हेर्ने डा पुरुषोत्तम सेढाइँले जानकारी दिनुभयो

उहाँका अनुसार प्रदेशका १३ जिल्लामध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँमा सबैभन्दा धेरै २३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६–६, भक्तपुरमा पाँच, धादिङ र सिन्धुलीमा चार–चार, ललितपुर र नुवाकोटमा तीन–तीन, सिन्धुपाल्चोक र दोलखामा दुई–दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेशका विभिन्न स्थानमा आठ हजार ११६ वटा क्वारेन्टाइन शैया रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै झण्डै ५०० जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशमा रहेका एक हजार छ वटा आइसोलेशन शय्यामा हाल ४४ जनालाई राखिएको छ ।

प्रदेशमा १० हजार १०३ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र सङ्घीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडिटी परीक्षणमा ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

वि.सं.२०७७ जेठ २४ शनिवार १२:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...