back
NMB ad

सरकारले तयार पार्यो लकडाउन खुकुलो बनाउने १० चरणको नयाँ मोडालिटी

Kumari bank ad

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो ।

तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने थियो ।

सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन मोडालिटी ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियो ।

समितिले शनिबार पहिलो चरणमा छलफल गरेको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउन छलफल गरेको स्रोतले बताएको छ ।

समितिले आइतबार पनि लकडाउनको मोडालिटीको विषय छलफल गर्ने छ र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले मोडालिटीलाई आवश्यकता हेरेर अन्तिम निर्णय गर्नसक्ने समितिका एक अधिकारीले बताए ।

वि.सं.२०७७ जेठ २५ आइतवार १२:४३ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...