back
NMB ad

लकडाउनको सय दिनमा उडान शुरु गरिने

Kumari bank ad

काठमाडौं । लकडाउनको सय दिन देखि आन्तिरिक उडान शुरु गर्ने तयारी सरकारले थालेको छ । चैत १० बाट बन्द भएको आन्तरिक उडान लकडाउनको सय दिन अर्थात असार १७ देखि सञ्चालनमा ल्याउने तयारी सरकारले थालेको छ ।

ठ्याक्कै मिति तय नभए पनि विमानस्थलको व्यवस्थापनको काम सम्पन्न भएकाले सय दिन देखि शुरु हुने तयारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डेयन मन्त्री योगेश भट्टराईको सचिवालयले जनाएको छ। सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर उडान शुरु गर्नुका विकल्प नभएको समेत स्रोतको भनाई छ।

मन्त्रालयले आन्तरिक गृहकार्य शुरु गरेको छ, सहमती भएमा अझै अगाडी पनि उडान खुल्न सक्ने बुझिएको छ। तीन महिना भन्दा बढी सम्म आन्तरिक उडान बन्द हुदाँ वायुसेवा व्यवसाय देखि अर्थतन्त्रनै धरासही बन्न थालेको छ ।

अन्तराष्ट्रिय उडानलाईृ कडाइ गरेर स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उडान सञ्चालन गर्न सर्बसाधरणले माग गर्दै आएका छन्।
आन्तरिक व्यवस्थापन गर्न सरकार पछि हट्नु हुन्न, अन्य देशमा सबै व्यवसाय शुरु भई सकेको छ, नेपालमा लकडाउन भन्दै सबै व्यवासय बन्द गरेर मात्र कोरोनाको न्युनिकरण हुदैन विस्तारै पुरानैशैलीमा फर्कनु पर्ने कपनका गोपाल भुजेलको सुझाव छ।

वायुसेवा संचालक संघ नेपाल आइतबार हवाईजहाज पूर्ण क्षमतामा उडान भर्न पाउनु पर्ने माग गदैं मन्त्रालयमा पत्र दर्ता गराएको छ। सरकारले समेत इन्धनको मुल्य घटेको भन्दै हवाइ भाडादर घटाएको छ ।

हवाई सेवा व्यवसाय गर्नका लागि पुलको काम गर्ने माध्यम भएकाले अन्य पेशाजस्तो नभएको भन्दै सञ्चालन खुल्ला गर्न संघका अध्यक्ष रामेश्वर थापाले माग गरेको छ।

यता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित विमान सञ्चालकहरुबिच कोरोना रोकथामका उपाय अपनाएर, सुरक्षीत दूरी कायम गरी, स्वाथ्य सुरक्षाका मापदण्ड अपनाएर उडान सुचारु गर्ने विषयमा छलफल शुरु गरेको बताए।

वि.सं.२०७७ जेठ २६ सोमवार ०८:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...