back
NMB ad

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका कर्मचारीको मृत्यु

Kumari bank ad

काठमाडौं । अछामको बयालपाटा अस्पतालबाट हटाइएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास पछि गम्भीर घाइते भएका कर्मचारीको मृत्यु भएको छ ।

आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका साँफेबगर नगरपालिका–६ का २७ वर्षीय सिद्धार्थ आउजीको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबले बताए ।

अस्पतालले कामबाट निकालेर महामारीकै समयमा परिवारको रोजीरोटी बन्द भएपछि आउजीले सोमबार बिहान बयालपाटा अस्पताल परिसरमा आफ्नो शरीरमा आगो लगाएका थिए । गम्भीर घाइते भएका आउजीलाई हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो ।

आउजी अस्पतालमा ढेड वर्षदेखि सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए। दुई महिना अगाडि नै अस्पतालले आर्थिक संकट परेको भन्दै उनीसहित ३३ जना कर्मचारीलाई कामबाट हटाएको थियो। बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताएका छन्।

वि.सं.२०७७ जेठ २६ सोमवार १७:३८ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...