काठमाडौं । लोक सेवा आयोगले विभिन्न सूचना प्रकाशन गरेको छ । आयोगको विभिन्न कार्यालयले विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको काठमाडौं कार्यालयको वि.नं. ११९१०।०७५–७६ (खुला) एकीकृत परीक्षा प्रणाली अन्गर्तत विभिन्न सेवा तथा समूह, रा.प.अनं. द्धितिय श्रेणी, खरिदार वा सो सरह पदको वैकल्किप उम्मेदवार सिफारिश गरेको जनाएको छ ।
यस्तै, सोही कार्यालयको स्थानीय तह तर्फको वि.नं. १२००५।०७५–७६ (महिला) तथा खुला इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तहमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ जेठ २७ मंगलवार ११:४६ मा प्रकाशित