back
Kumari Bank

१३ सय मेगावाट विद्युत एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा थपिने

Nepal Bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा १ हजार ३ सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताउनुभएको हो ।

आगामी आर्थिक वर्षको भदौ महीनासम्ममा माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुने भन्दै मन्त्री पुनले आगामी आर्थिक वर्ष भित्रमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोशी, निजी लगानीबाट प्रवर्द्धिधत अन्य आयोजनाबाट सम्पन्न भई करीब १३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने दाबी गर्नुभयो ।

“जलविद्युत आयोजनाहरूको निर्माणका क्रममा नेपालमा उत्पादन नहुने विभिन्न निर्माण सामग्री तथा विद्युतीय उपकरणहरुमा मूल्य अभिवृद्धिकर छुट तथा एक प्रतिशत भन्सार लाग्दै आएको,“ उहाँले भन्नुभयो । “यी निर्माण सामग्रीहरूको छुट दिने सूचीमा विभिन्न समयमा सामान्य परिवर्तन गर्ने क्रममा पेनस्टक पाइपलाई यथावतै राखी स्टिल पातामा केही भन्सार थप भएतापनि आगामी दिनमा यसको आवश्यक संशोधन गर्दै लगिने छ।“

उहाँले राष्ट्रिय गौरवका सिक्टा, रानीजमरा, कुलरिया, भेरी बबई डाइभर्सन र बबई सिंचाइ आयोजनाको निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभयो ।

महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको जानकारी दिँदै पहाडी तथा हिमाली क्षेत्रमा सबै कृषि योग्य ठाउँहरूमा सौर्य ऊर्जाको प्रयोग गरी लिफ्ट सिंचाइ योजना कार्यान्वयन गर्दै जाने र आगामी आर्थिक वर्ष भित्रमा करीब ५ सय हेक्टर क्षेत्रमा कार्यक्रम सम्पन्न गर्ने समेत जानकारी गराउनुभयो ।

साथै जलविद्युत आयोजनाहरूको निर्माणका लागि प्रयोग हुने केही सामग्रीको भन्सार दर बढाइएको भन्ने प्रश्नमा मन्त्री पुनले आगामी दिनमा संशोधन गरी अगाडि जान सकिने बताउनुभयो ।“जलविद्युत आयोजनाको निर्माणका क्रममा नेपालमा उत्पादन नहुने विभन्न निर्माण सामग्री तथा विद्युतीय उपकरणमा मूल्य अभिवृद्धिकर छुट तथा एक प्रतिशत भन्सार लाग्दै आएको छ,“ उहाँले भन्नुभयो “यी निर्माण सामग्रीको छुट दिने सूचीमा विभिन्न समयमा सामान्य परिवर्तन गर्ने क्रममा पेनस्टक पाइपलाई यथावतै राखी स्टिल पातामा केही भन्सार थप भए तापनि आगामी दिनमा यसको आवश्यक संशोधन गर्दै लगिने छ।“

वि.सं.२०७७ जेठ २७ मंगलवार १५:४८ मा प्रकाशित

You can share this post!

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२५

प्रगति ढकाल   काठमाडौँ, १९ असारः नेपालमा विगत १० वर्षको अवधिमा...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२१

तानसेन (पाल्पा) : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...