काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण आज थप ३८० जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा संक्रमण देखिएको जनाउनुभयो ।
योसंगै नेपालमा कोरोेना सक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा संक्रमण फैलिएको छ ।
वि.सं.२०७७ असार २ मंगलवार १६:२४ मा प्रकाशित