back
NMB ad

नेपाल टेलिकमका ग्राहकलाई ७ असारसम्म विलम्ब शुल्क मिनाहा

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरूमा लाग्ने विलम्ब शुल्क ७ असारसम्म मिनाहा गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले आज एक विज्ञप्ति प्रकाशन गरेर टेलिकमको सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुलमा ८ असारबाट विलम्ब शुल्क लाग्ने बताएको छ ।

त्यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट पनि टेलिकमले १ असारबाटै लागू हुने गरी कटौती गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार, नेपाल टेलिकमले ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै राखेको छ ।

त्यसैगरी, टेलिकमले फाइबर टू द होम (एफटिटीएच) सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापनको काम पनि शुरू गरेको जोशीले बताए ।नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २१ वैशाख २०७४ मा ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित जिल्लाहरू नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा टेलिकमले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा दिएकोमा प्राधिकरणको अनुरोध अनुसार ३० जेठ देखि लागू हुने गरी थप दुई महीना निःशुल्क सेवा दिन लागिएको जोशीले बताए ।

वि.सं.२०७७ असार २ मंगलवार १९:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...