back
NMB ad

कोरोना संक्रमित बढ्दै गएपछि नयाँ रणनीति : आजै साँझ ५ बजेपछि लागू हुनेगरी सबै बजारहरु बन्द गर्ने

Kumari bank ad

दाङ । दाङमा आज (बिहीबार)देखि लागू हुनेगरी सबै बजारहरु साँझ ५ बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले केही समयका लागि साँझ ५ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले यही रफ्तारमा सङ्क्रमितहरु बढिरहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ । यसैगरी बैठकले गाडीहरुलाई व्यवस्थित गर्न निजी जोरबिजोर प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । मोटरसाइकलमा भने जोरबिजोरका साथै एक जनामात्र चढ्न पाइनेछ ।

चार पाङ्ग्रेका हकमा चालकसहित अन्य दुई जना बस्नेगरी जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला चेम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

बैठकले जिल्लामा कोरोना सङ्क्रमितहरुको प्रभावकारी उपचारको व्यवस्था गर्ने, क्वरेन्टीन, आइसोलेशन व्यवस्थित गर्ने साथै दश जनाभन्दा बढीको शव व्यवस्थापनका लागि चाहिने सामानहरु जिल्ला विपद् व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७७ असार ४ बिहीवार ०८:२५ मा प्रकाशित

You can share this post!

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...