back
NMB ad

बागलुङ रेशकी मृर्गौला पीडित थापालाई हङकङबाट १लाख ५२ हजार सहयोग

Kumari bank ad

रोहन जि.सी, बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश पिडाल्ला कि मिर्गौला पीडित रिता थापालाई रोजगारीको सिलसिलामा विदेशिएका बागलुङका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

बागलुङ समाज हङकङका अध्यक्ष मनबहादुर थापा र सदस्य सुवास लामिछाने (जि.सी) को संयोजन, निलगिरी अस्पताल बागलुङका अध्यक्ष डिलबहादुर कार्कीको पहलमा संकलनगरिएको १ लाख ५२ हजार रुपैया रकम बिहिबार एक कार्यक्रमका बिच पीडित रिता थापालाई हस्तान्तरण गरिएको हो ।

सुवास लामिछानेका पिता मनबहादुर जिसी, निलगिरी अस्पतालका अध्यक्षकार्की लगायतले उक्त सहयोग रकम पीडित थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथि डिलबहादुर कार्कीले विदेशीएका युवाहरुले आफ्नो गाउँ ठाउँमा समस्या पर्दा रकम संकलन गरी पठाएकोमा खुशीव्यक्त गर्दै उक्त सहयोगले पीडितको घाउँमा मल्हम लगाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका कार्यालय सदस्य लालबहादुर थापाले रोगले बालबच्चा, बृद्धबृद्धा, धनी गरिब केहि नहेरी लाग्ने भएकोले रोग संग लड्ने आफ्नो आत्मबल बलियो बनाउन पर्ने भन्दै आगामी दिनमा पनि सबै माझ सहयोगको अपिल गर्नुभयो ।

कार्यक्रममा मिगौला पीडित रिता थापाले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै उपचारमा सहयोग गर्नेहरु लाई धन्यवाद दिनुभयो । उहाँले शारीरिक रोगले भन्दा पारिवारिक अवस्थाको रोगले थाकिसकेको बताउनुभयो । रोगको पीडा एकातिर छ, आर्थिक समस्याले थप पीडित बनाएको थापाको भनाइ छ ।

थापाको बिगत १वर्ष देखी मिर्गौला रोगको उपचार हुदै आएको छ । हालसम्म उपचारमा ८ लाखभन्दा बढी खर्च भइसकेको छ । विभिन्न क्षेत्रबाट उपचारको लागि २ लाख७९ हजार रकम संकलन भएको र थप उपचारका लागि समस्या भएको पीडित थापाले बताउनुभयो ।

घरको आर्थिक अवस्था कमजोर भएकाले थप सहयोगको अपेक्षा गरिएको थापाको भनाइथियो । मृगौला पीडित थापाका श्रीमान, २ छोरी र १ छोरा छन् ।

कार्यक्रम काठेखोलागाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र शिक्षकलोक बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७७ असार ४ बिहीवार १८:३४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...