back
NMB ad

विविध निर्णयसहित जिल्ला समन्वय समिति मकवानपुरको बैठक सम्पन्न

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६३ औं बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बोर्डको ६३ औं बैठक बसेको हो ।

बैठकमा कोभिड–१९ का सन्दर्भमा जिससबाट भएगरेका कामका बारेमा समिक्षा गर्नुका साथै अन्य विभिन्न निर्णय गरेको छ । बैठकमा जिसस प्रमुख खुलालले कोभिड–१९ का सन्र्दभमा जिससले संचालन गरेको होल्डिङ स्टेसनका बारेमा जानकारी दिनुभएको थियो ।

स्थानिय तह तथा विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा जिससले व्यवस्थापन गर्ने गरि होल्डिङ स्टेसन संचालन भएको उहाँले जानकारी दिनुभयो ।

साथै हालसम्म होल्डिङ स्टेसनमा बाहिरबाट जिल्लाका विभिन्न स्थानिय तहमा आएका नागरिकहरुहरुलाई सेवा प्रदान गरिएको जानकारी दिनुभएको थियो । हालसम्म कुवेत र ओमानवाट आएका तीन लटका नागरिकलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसका साथै बैठकले जिससका सम्पुर्ण पदाधिकारी एवम् कर्मचारीलगायत सबैको कोभिड बीमा गर्ने निर्णय समेत गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

 बैठकले मौजदात कोषको रकमबाट मनहरी गाउँपालिकाको विभिन्न वडा कार्यालय भवन निर्माणका लागि रकम प्रदान गर्ने निर्णय गरिएको छ । बैठकले जिससको मौजदात कोषबाट गाउँपालिकाको ५ वटा वडाकार्यालयको प्रशासनिक भवन निर्माणका लागि एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै स्थानिय तहहरुको नदिजन्य पदार्थको वातावरणिय प्रभाव परिक्षण पुनरावलोकन तथा सिफारीस समिति गठन गरेको छ । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरलेको संयोजक्त्व रहने गरि ७ सदस्य समिति गठन गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जिल्ला स्थित स्थानिय तहहरुलाई आगामी वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा ध्यान दिने विषयहरुका बारेमा सुझाव दिने निर्णय गरेको छ । बैठकले आगामी वर्षको बजेट निर्माण गर्दा कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले आगामी वर्षको बजेटमा विकास निर्माणसंगै रोजगार, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, बालवालीकाको क्षेत्रलाई ध्यान दिएर निर्माण गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बजेटमा सहयोगापेक्षि सडक मानव मुक्तका लागि, स्थानिय तह शहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिताका लागि, बालमैत्री स्थािनयतह निर्माणकालागि बजेटको व्यवस्था गर्न सुझाव दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

साथै सुचना तथा संचारको क्षेत्रमा सामुदायिक रेडियोसंग साझेदारी गर्न सुझाव दिने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।त्यस्तै आजको बैठकले गैरसरकारी संस्थाहरुको समन्वय एवम् नियमनका लागि आगामी बैठकमा पेश गर्ने गरि कार्यविधि तयार पार्ने निर्णय गर्नुका साथै थाहा नगरपालिकाको जनकल्यान माविको ठेक्का अवधिका बारेमा निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत जिससका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती थियो ।

वि.सं.२०७७ असार ४ बिहीवार २१:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...