back
NMB ad

१० महिनामा ३० अर्बभन्दा बढीको धितोपत्र विक्री गर्न अनुमति

Kumari bank ad

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महीनाको अवधिमा कुल रू. ३० अर्ब ८९ करोड बराबरको धितोपत्र विक्रीका लागि अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिंदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले रू. २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र विक्रीका लागि अनुमति दिएको छ । यस्तै रू. ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रू. ३ अर्ब २३ करोड बराबरको साधारण शेयर र रू. १ अर्ब ८० करोड बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी रू. ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले बताएको छ ।

गत वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रू. १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । गत असार मसान्तमा बजार पूँजीकरण रू. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा रू.३१ अर्ब ५० करोडले कुल बजार पूँजीकरणमा कमी आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २१२ ओटा रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८ ओटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ ओटा जलविद्युत् कम्पनी, १९ ओटा उत्पादन र प्रशोधन उद्योग, चारर चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् ।

गत असारमा सूचीकृत कम्पनीको संख्या २१५ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८० दशमलव १ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५ दशमलव ९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३ दशमलव ८ प्रतिशत, होटेलको हिस्सा १ दशमलव ३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव ३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८ दशमलव ६ प्रतिशत रहेको छ ।

स्टकमा गत वैशाखसम्म सूचीकृत कुल ४ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य रू.४ खर्ब ६० अर्ब ६१ करोड रहेको छ ।

चालू आवको १० महीनामा रू. २६ अर्ब २५ करोड बराबरका बोनस शेयर, रू. २१ अर्ब ४६ करोड बराबरका ऋणपत्र, रू. १२ अर्ब १६ करोड बराबरका साधारण शेयर, रू.५ अर्ब ७५ करोड बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), रू.४ अर्ब ११ करोड बराबरका हकप्रद शेयर र रू. ११ अर्ब ८३ करोड बराबरका अन्य गरी कुल रू. ८१ अर्ब ५५ करोड बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले बताएको छ ।

वि.सं.२०७७ असार ८ सोमवार १२:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...