back
NMB ad

भोलिदेखि एनआईसी एशिया लघुवित्तको आईपीओ विक्री खुला

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ । उक्त कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन हुने छ ।

अहिलेसम्मकै ठूलो परिमाणको आईपीओ विक्री गर्ने लघुवित्त कम्पनी एनआईसी एशिया भएको छ । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म रहेको छ । उक्त कम्पनीको आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहको छ ।आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ लाख रहेको छ ।

आईपीओ बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ । कम्पनीले हालसम्ममा ७० ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ११ करोड १२ लाख नाफा कमाएको छ । सोही अवधिमा उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ४३ पुगेको छ । कम्पनीले आव २०७७र ७८ मा प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ८० पुग्ने प्रक्षेपण गरेको छ ।

वि.सं.२०७७ असार ९ मंगलवार १०:४५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...