back
NMB ad

मनहरी गाउँपालिकाको अनुगमन : जिससको भुमिकाले स्थानीय तहको काममा सहजता

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बिहीबार जिल्लाको मनहरी गाउँपालिकाको अनुगमन गरिएको छ ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका कामलगायत सामाजिक, आर्थिक उपलब्धीलगायत समग्र अवस्थाका बारेमा अनुगमन गरिएको हो ।

छलफलका क्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससको भुमिकाले मकवानपुरका स्थानीय तहहरुलाई काममा सहजता महसुस गरेको बताउनुभयो । अध्यक्ष उप्रेतीले जिसस मकवानपुरले हरेक क्षेत्रमा स्थानीय तहहरुलाई सहजीकरण गरेको बताउनुभयो ।

उहाँले जिससको समन्वयका कारण मकवानपुरका स्थानीय तहहरुलाई काममा सहजता मिलेको बताउनुभयो । “हरेक क्षेत्रमा काम गर्दा राहत महसुस गरेका छौं” अध्यक्ष उप्रेतीले भन्नुभयो । उहाँले जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहहरुको कानुन निर्माणमा एकरुपता ल्याउनका लागि भुमिका खेलोस, साथै जिससबाट नियमित रुपमा स्थानीय तहहरुको अनुगमनको अपेक्षा गरेको समेत बताउनुभयो ।

अनुगमनका क्रममा जिल्ला समन्व्य समितिको टोलीले गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी लिनुका साथै विभिन्न विषयमा छलफल समेत गरेको थियो । छलफलमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, सामाजिक, आर्थिकल विकासगायत समग्र अवस्था तथा समस्याका बारेमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा अन्य कर्मचारीहरुले जानकारी गराउनुभएको थियो ।

अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा भौतिक प्रगती राम्रो भए पनि कोरोनाका कारण सामाजिक क्षेत्रका कार्यक्रमहरु सबै सम्पन्न गर्न नसकिएको गराउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट ३४ करोड ४३ लाख, प्रदेश सरकारबाट १ करोड ४७ लाख र आन्तरिक स्रोतबाट १९ करोड ५० लाख आम्दानी भएको जानकारी दिनुभयो । सो मध्ये चालु तर्फ २५ करोड ९२ लाख मध्ये १८ करोड ६२ लाख र पुँजीगत तर्फ ३६ करोड ७ लाख मध्ये १३ करोड ७२ लाख खर्च भएको जानकारी दिनुभयो । त्यस्तै चालु आर्थिक वर्षमा ५ करोड बेरुजु रहेको मध्ये करीब ४ करोड फ¥छ्यौट भईसकेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष उप्रेतीले चालु आर्थिक वर्षमा भौतिक निर्माण तर्फको उपभोक्ता समिति मार्फत ३२२ वटा र ठेक्का मार्फत ४४ वटा योजना रहेकोमा सबै सम्झैता भएको र केही मात्र सम्पन्न हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा आर्थिक विकास तर्फ कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएर कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम, दुधमा अनुदान, विद्यार्थी संख्याको आधारमा अनुदानमा शिक्षकको व्यवस्था, विषधिरहित तरकारी उत्पादन, बालमैत्री स्थानीय तह घोषणा, सामाजिक सुधार ऐन निर्माण गरेर कार्यान्वयन, एकिकृत बोटे बस्ती निर्माण, ३ सय विपन्न परिवारको स्वास्थ्य बीमा, खरको छानामुक्त गाउँपालिका निर्माणलगायतका उपलब्धीमुलक कार्यक्रम संचालन भएको बताउनुभयो ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले जनतासंग प्रत्यक्ष जोडिने र नजिकको सरकारको अनुभुति गर्ने गरि काम गर्न सुझाव दिनुभयो । उहाँले मकवानपुर जिल्लाको विशेष्ताका आधारमा कृषि क्षेत्रमा रोजगार केन्द्रित भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगारी, समाजिक क्षेत्रमा जनतासंग जोडिन सक्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिको काम नै स्थानिय तहलाई सवल बनाउन समन्व्य र सहजिकरण गर्ने भएकाले स्थानीय तहको उन्नतीका लागि सदैब समन्वय र सहजिकरणको भुमिका निर्वाह गर्ने बताउनुभयो ।

सो क्रममा टोलीले गाउँपालिकाका संचालित विभिन्न भौतिक आयोजनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य गणेश कुमारी प्रधान, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जनलगायतको सहभागिता थियो ।

वि.सं.२०७७ असार १२ शुक्रवार ०८:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...