back
NMB ad

नेकपा स्थायी कमिटी बैठक आज पनि

Kumari bank ad

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ ।

१० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो भनाइ राखेका थिए भने दोस्रो दिन हिजोदेखि एजेन्डामा छलफल सुरु भएको छ।

हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले बोलेका थिए। हिजोको बैठकमा १८ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

हिजोको बैठकको प्रारम्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक–पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए।

मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनले पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरेको बताएका थिए। चीनले कुनै पनि नेपाली भूमि नमिचेको उनको दाबी थियो।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए। स्थायी कमिटी बैठकमा एमसीसी परियोजनाबारे पनि छलफल हुने कार्यसूची छ।

वि.सं.२०७७ असार १३ शनिवार ०८:०७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...