back
NMB ad

कोरोना कहर : संक्रमित एक करोड र मृतक पाँच लाख नजिक, महामारीको दोस्रो लहर आउने खतरा

Kumari bank ad

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नजिक पुगेको छ । अहिलेकै वृद्धि दर अनुसार अबको २४ घन्टाभित्र संक्रमित संख्या एक करोड नाघ्नेछ ।

वल्डोमिटरका अनुसार हाल संक्रमित संख्या ९८ लाख ९६ हजार ९ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा झण्डै दुई लाख संक्रमित बढेका छन् । कुल मृतकको संख्या ४ लाख ९६ हजार पुगेको छ । यही गतिमा मृत्यु दर बढेमा अबको २४ घन्टामा ५ लाख नाघ्नेछ ।

सबैभन्दा बढी अमेरिकामा साँढे २५ लाख संक्रमितमध्ये एक लाख २७ हजारको मृत्यु भएको छ । ब्राजिलमा एक लाख २८ हजार संक्रमितमध्ये ५६ हजारको मृत्यु भएको छ । रुसमा ६ लाख २० हजार संक्रमितमध्ये ८ लाख ७ सयको मृत्यु भइसकेको छ ।

नेपालमा संक्रमित संख्या ११ हजार नाघेको छ । २७ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, कोरोना भाइरस महामारीको दोस्रो लहर फैलने भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले एक शताब्दी अघि स्पेनिश फ्लुमा जस्तै करोडभन्दा बढी मानिसको ज्यान जानसक्ने खतरा औल्याएको छ । शुक्रबार डब्लुएचओले औपचारिक रुपमा यस्तो खतरा औल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड १९ को महामारीलाई स्पेनिस फ्लुसँग तुलना गरेका हुन् । उनले स्पेनिस फ्लुको दोस्रो लहरबाट ५ करोड मानिसको ज्यान गएको स्मरण गराउँदै कोभिड १९ बाट पनि त्यस्तै खतरा आउनसक्ने औल्याए ।

स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको उल्लेख गरे । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति पनि दिन थालेपछि गुयराको भनाई सार्वजनिक भएको हो ।

स्मरणीय रहोस् स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसको ज्यान गएको थियो । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंको ज्यान गएको थियो ।

वि.सं.२०७७ असार १३ शनिवार ०८:३९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...