back
NMB ad

शेयर बजार मंगलबारदेखि खुल्ने : अब कहिल्यै बजार बन्द नहुने !

Kumari bank ad

काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो ।

शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेको थियो । तर त्यसलाई औपचारिकता दिन बोर्डको सञ्चालक समितिको बैठक आइतबार बस्दैछ । आइतबारको बैठकले शेयर बजार खुला गर्ने सम्बन्धमा निर्णय गर्ने अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

‘भोलि हाम्रो सञ्चालक समितिको बैठक बस्दैछ । बैठकपछि मुन मोडालिटीबाट बजार खोल्ने भन्ने छलफल हुन्छ, छिटै नै बजार खोल्न हामी निर्देशन दिन्छौं’ अध्यक्ष ढुंगानाले भने, ‘बजारलाई कुन मोडालिटीबाट खुला गर्ने भन्नेमा हामी छलफल गर्छौं, त्यही अनुसार कहिलेदेखि खुला गर्ने भन्ने निश्चित हुन्छ, तर हामी बजार खोल्न विलम्ब नगर्ने पक्षमा छौं ।’

दुईवटा मोडेलमा छलफल 

अब बजार खोल्दा सामान्य अवस्थाझैं बजार खुल्ने कि लकडाउनको बीचमा खुलेको बजारजस्तै व्यवस्था गर्ने भन्नेमा अहिलेमा आइतबारको बैठकमा छलफल हुनेछ । सामान्य अवस्थाअनुसार बजार सञ्चालन भयो भने बजार ५ घण्टा खुल्नेछ । स्क्रिपको मूल्य १० प्रतिशतसम्म र इन्डेक्स ६ प्रतिशतसम्म घटबढ हुन सक्नेछ ।

तर विशेष परिस्थिति अन्तर्गत बजार खुला गर्ने हो भने दिनको २ घण्टामात्रै कारोबार हुनेछ । त्यस्तै, यसअघिजस्तै दिनको २ प्रतिशत भन्दा बजार घटबढ हुन सक्ने छैन । तर बोर्ड अब सामान्य अवस्था अनुसार दैनिक ५ घण्टाको दरले कारोबार गर्ने पक्षमा रहेको अध्यक्ष ढुंगानाले बताए ।

‘सामान्य अवस्थाअनुसार बजार खुला हुने भयो भने मंगलबारदेखि कारोबार सुरु हुन्छ, विशेष अवस्थाअनुसार खुला गर्ने हो भने १÷२ दिन ढिला हुन सक्छ, तर अब हामी सामान्य ढंगबाटै कारोबार सुचारु गर्ने पक्षमा छौं ।’

‘अब कहिल्यै बजार बन्द हुन्न’

ढुंगानाले शेयर बजार सञ्चालन गर्ने सम्बन्धमा बजारमा सबै पक्षहरुको अभूतपूर्व सहमति भएको दाबी गरे । उनले लागनीकर्ता र अन्य सम्बद्ध पक्षले समेत बजार कहिलै बन्द नगर्नेगरी प्रतिवद्धता व्यक्त गरेको भन्दै अब बजार खुला भएपछि फेरि कहिलै बन्द नहुने बताए ।

‘बजार खुलेपछि अब कहिनै बन्द हुन्न । फेरि लकडाउन घोषणा भए मात्रै होइन, अब कर्फ्युू नै लागेपनि बजार बन्द हुँदैन, त्यो पूर्वाधार अहिले तयार भइसकेको छ । अब कहिलै बजार बन्द नगर्ने भन्नेमा लगानीकर्ताहरु पनि एकमत हुनुहुन्छ, अन्य पक्षहरु पनि एकमत हुनुहुन्छ,’ ढुंगानाले भने ।

अहिले नेपाल राष्ट्र बैंकले शेयर कारोबारमा हुने भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत् एक पटकमा १ लाख र इन्टरनेट बैंकिङमार्फत् एक पटकमा १० लाख रुपैंयासम्म भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो । यसो गर्दा पटकपटक गरेर जतिपनि रकम भुक्तानी गर्न सकिन्छ । यसअघि १ दिनमा १० लाख भन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शेयर कारोबारलाई सहज बनाउनकै लागि नेपाल राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको भन्दै यसले शेयर कारोबारलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

अरु माग पनि पूरा हुने अपेक्षा

नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई धितोपत्र बजारका सम्बन्धमा ३ वटा निर्णय गर्न सिफारिस गरेको थियो । त्यसमध्ये कनेक्ट आईपीएसमार्फत् हुने भुक्तानीको सीमा हटाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

अर्को दुईवटा मागमध्ये शेयर कर्जाको मार्जिनलाई ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत बनाउने र १० प्रतिशत गिरावटसम्मको अवस्थामा मार्जिन कलन नगर्ने तथा शेयर कर्जाको रिसेड्युलिङ गर्ने व्यवस्था गर्ने विषयहरु थिए । त्यो सम्बन्धमा मौद्रिक नीतिमार्फत् सम्बोधन हुने अपेक्षा रहेको ढुंगानाले बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले पनि कर्जाको रिसेड्युलिङ गर्ने सम्बन्धमा राष्ट्र बैंक सकारात्मक रहेको बताए । शेयर बजारमात्रै नभएर अन्य क्षेत्रबाट पनि विभिन्न माग आएको भन्दै शिवाकोटीले अन्य मागहरु पूरा गर्न राष्ट्र बैंकले स्रोत हेर्नुपर्ने भए पनि कर्जाको पुनर्तालिकीकरण गर्ने वा पुनसंरचना गर्ने विषयमा मौद्रिक नीतिले सकारात्मक भूमिका खुल्ने बताए ।

बजार खुलाउन लागानीकर्ता किन सहमत भए ?

यसअघि बजार खुलाउन हुन्न भन्ने पक्षमा रहेका लगानीकर्ताहरु बुधबार र शुक्रबारको छलफलमा भने बजारलाई बन्धक बनाएर राख्न नसकिने पक्षमा एकमत भएका थिए । उनीहरुले बोर्डलाई बजार खुला गरेर कारोबारलाई सहज बनाउन सुझाव दिएका थिए ।

बजार बन्द भएर सम्पत्ति जोगिने भन्दा पनि लामो समयसम्म बन्द हुँदा सम्पत्ति नै बन्धक भएजस्तो हुने भएपछि लगानीकर्ताहरु बजार खुलाउने पक्षमा उभिएका हुन् । लामो समय बजार बन्द गर्दा दैनिक गुजारा चलाउन शेयर बेच्न चाहनेहरु समेत समस्यामा परेका छन् ।

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भने धितोपत्र बोर्डबाट घरबाट बाहिर ननिस्किकनै शेयर कारोबार हुने र नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम पनि पटकपटक समस्या नआउने भन्ने प्रत्याभूति पाएपछि आफूहरु शेयर बजार खुला गर्न पक्षमा उभिएको बताइन्।

‘हामीले उठाएको माग शेयर किनबेच गर्न ब्रोकरकहाँ जानु नपरोस् भन्ने हो । एक क्लिकमै शेयर बिक्री नभए पनि शेयर किनबेच गर्नकै लागि घरबाहिर निस्किनुपर्दैन भनेर उहाँहरुले भन्नुभएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबारको सीमा समेत त्यसैले अब बजार खुला हुनुपर्छ भन्ने हाम्रो पनि माग हो । हामी त अब कहिलै बजार बन्द गर्नुहुन्न भन्नेमा पनि छौं’ पोखरेलले भनिन् । (रातोपाटीबाट साभार)

वि.सं.२०७७ असार १३ शनिवार १२:४० मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...