back
NMB ad

अदालतमा मुद्दा जित्ने भालेको मृत्यु

Kumari bank ad

एजेन्सी । फ्रान्समा मोरिस नाम गरेको कुखुराको भालेको मृत्यु भएको छ । बिहानको समयमा बासेको भन्दै आफ्नो मालिकलाई अदालत पु¥याइएपछि चर्चामा आएको मोरिसको ६ वर्षको उमेरमा मृत्यु भएको हो ।

ओलेरोँमा छुट्टीको समय बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई भाले बासेको आवाजले दुस्ख दिएको बताएपछि मोरिस ध्वनि प्रदूषणसम्बन्धी मुद्दामा परेको थियो ।

फ्रान्सेली गाउँहरूका मौलिक आवाजको संरक्षण गर्नुपर्ने भन्दै गरिएका अभियानहरूको प्रतीक बनेको मोरिसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो ।

गत सेप्टेम्बरमा न्यायाधिशले मोरिसका मालिकको पक्षमा फैसला सुनाएर उजुरी दिने व्यक्तिलाई क्षतिपूर्तिबापत ११ सय अमेरिकी डलर ९करिब १ लाख ३४ हजार रुपैयाँ० जरिवाना गराएका थिए ।

त्यसपछि ग्यालिक मूलको कुखुराको भालेलाई राष्ट्रिय प्रतीक मानिएको फ्रान्समा मोरिसलको ख्याति निकै फैलिएको थियो ।मोरिसको मृत्यु गत मे महिनामा भएको बताइएपनि उसलाई पालेका व्यक्ति कोरिन फेसेअउले भने ढिलो गरी मृत्युको समाचार सार्वजनिक गरेका हुन् ।

लकडाउनका बीच मानिसहरूसँग चिन्ता गर्नुपर्ने धेरै विषय रहेको हुदा समाचार सार्वजनिक नगरेको कोरिनको भनाई छ । नयाँ भाले किनेर उसको नाम पनि मोरिसनै राखेका कोरिन भन्छन्, नयाँ मोरिसको आवाज मिठो भएपनि पुरानो मोरिस कहिल्यै बन्न सक्दैन ।

वि.सं.२०७७ असार १३ शनिवार १८:०८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...