back
NMB ad

आज एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । असार १० गतेदेखि विक्रीमा आएको एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ ।

विक्री खुला भएको पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको यस कम्पनीको आईपीओ विक्रीको छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो । यस कम्पनीको आईपीओमा शुक्रवार ३ः३० बजेसम्म २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताका लागि आवेदन परेको छ ।

यो आवेदन मागभन्दा ३ दशमलव ६५ गुणा बढी हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कर्मचारीका लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँटपछि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यो आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्तापूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

वि.सं.२०७७ असार १४ आइतवार १०:२६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...