काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाइरहेको छ । प्रतितोला ७ सय रुपैँया आज छापावाला सुनको मूल्यले ९१ हजार ३ सय पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।
शुक्रबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरि, चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।
वि.सं.२०७७ असार १४ आइतवार ११:०९ मा प्रकाशित