back
NMB ad

नेपाल इन्भेष्टमेण्ट बैंकले जम्मा गर्‍यो बोनस शेयर हितग्राही खातामा

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको हितग्राही खातामा जम्मा गरेको छ । उक्त कम्पनीले आइतवार सूचनामार्फत गत पुस २८ गते ३३ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत गराएपश्चात हितग्राही खातामा जम्मा गरेको बताएको हो ।

कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही जम्मा गरेको हो । सो मितिपश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमश स् बोनस शेयर जम्मा हुने समेत उक्त कम्पनीले बताएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले भनेको छ । पुस १३ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममानै रोक्का जनाई जम्मा हुने हुदाँ शेयर रोक्का रहे नरहेको यकिन गर्न समेत कम्पनीले भनेको छ ।

उक्त कम्पनीले नेप्सेमा भने जेठ ११ गते बोनस शेयर सूचीकृत गराएको हो । बोनस शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरुले बजार सुचारु भएपछि कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७७ असार १४ आइतवार १२:१४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...