back
NMB ad

लकडाउन झनै कडा : घर बाहिर निस्कन रोक, अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द

Kumari bank ad

एजेन्सी । चीनको राजधानी बेइजिङ्ग नजिकैको हिबेई प्रान्तमा कोरोना भाइरस संक्रमण देखिएपछि कडा लकडाउन लगाएको छ । हिबेई प्रान्तको एनसिनमा लकडाउन लगाउँदा त्यहाँका करिब चार लाख नागरिक प्रभावित भएका छन्।

आइतबारबाट सो क्षेत्रमा अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गरिएको छ। आवश्यक सेवामा संलग्न बाहेक अन्यलाई घर बाहिर निस्कन रोक लगाइएको छ ।

घरका लागि आवश्यक वस्तु किन्न घरबाट निश्चित समयमा एक जनामात्र बाहिर निस्कन पाउनेछन्। कसैले आदेश उलंघन गरे प्रहरीले कडा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

एनसिन बेइजिङ्गभन्दा एक सय ५० किलोमिटर दक्षिणमा छ। दुई साताअघि बेइजिङ्गमा कोरोना संक्रमण दोहोरिदा एनसिनमा समेत १८ जनामा संक्रमण देखिएको थियो। यो सहर अन्य क्षेत्रको तुलनामा अलि बढी नै भिडभाड हुने क्षेत्रमा पर्छ।

बेइजिङ्गको अवस्था के छ ?

अन्य देशको तुलनामा चीनमा कोरोना संक्रमणको केस निक्कै न्यून छ। तर पछिल्लो पटक पुनः कोरोना संक्रमण दोहोरिएपछि चिनियाँ अधिकारीहरु अलि बढि चिन्तित भएका छन्।

२४ घन्टाको बीचमा बेइजिङ्गमा कोरोना संक्रमणका १४ नयाँ संक्रमित फेला परिसकेका छन्। मध्य जुनमा बेइजिङ्गमा संक्रमण दोहोरिएपछि अहिलेसम्म ३ सय ११ जना संक्रमित फेला परिसकेका छन्।

संक्रमण फैलन नदिन चीनले बेइजिङ्ग नजिक रहेका प्रान्त र सहरमा कडाइ गरिरहेको छ। उसले आवतजावतमा रोक लगाउँदै परीक्षणको गति बढाएको छ। मार्चको प्रारम्भमा चीनमा ८० हजार कोरोना संक्रमित थिए।

वि.सं.२०७७ असार १५ सोमवार १६:३० मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...