back
NMB ad

‘कसैको चाहनाले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्ने र हटाइने भन्ने हुँदैन’ !

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई खुट्टा नकमाईकन अहिलेको परिस्थितिको सामना गर्न उहाँनिकट स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् ।

बुधबार स्थायी कमिटीको बैठक हुन अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा उनीहरुले खुट्टा नकमाउन सुझाव दिएका हुन् ।

कसैको चाहनाले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्ने र हटाइने नहुँदा नडराउन तर सबैको कुरा धैर्यपूर्वक सुन्न उनीहरुले प्रधानमन्त्री ओलीलाई सुझाएका हुन् ।

अध्यक्षबाट हटाउन महाधिवेशन र प्रधानमन्त्रीबाट हटाउन संसदीय दलले मात्र सक्ने भएकाले स्थायी कमिटीमा उठेको कुराले तर्सनपर्ने कारण नभएको उनीहरुको भनाइ छ ।

छलफलपछि बैठकमा सहभागी पर्यटन मन्त्री भट्टराईले सहभागीहरूले कुनै हालतमा पार्टी एकतालाई बचाउन र अन्तरविरोधको समाधानका लागि पहल गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

प्रोक्सी वार बन्द गरौं भन्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सहभागीहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकतावद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेडली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ । चिज सकारात्मक दिशामा जाने आशा गरौं । प्रोक्सी वार बन्द गरौं ।’

अर्का अध्यक्ष पुष्पकमल दाहालनिकटका मन्त्रीहरुलाई नबोलाइएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई, उद्योग मन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्य सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा सहभागि हुनुहुन्थ्यो ।

वि.सं.२०७७ असार १७ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...