काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–११ का ६६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएपछि स्थानीय प्रशासनले चापागाउँ पूर्ण रुपमा बन्द गरिएको छ ।
गोदावरी नगरपालिकाले बिहिवारदेखि चापागाउँ पूर्ण रुपमा बन्द गरिएको हो । नगरप्रमुख गजेन्द्र महर्जनले कोरोनाको संक्रमण वडामा भेटिएकोले सम्पूर्ण वडा सहित नगरबासीलाई सुरक्षाको लागि परिक्षण बढाउँदै संक्रमित देखिएको स्थान बन्द गरेको बताउनुभयो ।
उहाँले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको टे«सिङ भईरहेको र परिक्षण समेत भईरहेकोले संक्रमित भेटिएको स्थान बन्द गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले वडा–१० को कार्यालयदेखि वडा–११ झ्यालिपाटीसम्म बन्द गरेको बताउनुभयो । वडाबासीलाई नगरपालिकाले अत्यावध्यक काम बाहेक बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।
वि.सं.२०७७ असार १८ बिहीवार १४:०७ मा प्रकाशित