back
NMB ad

काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिँदै : झण्डै ६ दर्जन संक्रमित

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइस (कोभिड-१९) संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै मानिसको गतिविधि पनि बढ्दै गएपछि कोरोना भाइरस संक्रमण फैलिँदै गएको हो ।

उपत्यकामा चार दिनको अवधिमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार मात्रै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

नयाँ संक्रमित हुनेमा काठमाडौंका १७ महिला र ११ पुरुष गरी २८ जना , ललितपुरका २ जना पुरुष र भक्तपुरका २ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सोमबार उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै मंगलबार १४ जना र बुधबार १७ जना भाइरसबाट संक्रमित भएका थिए। उपत्यकामा कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य मन्त्रालयले अनावश्यक रुपमा घरभन्दा बाहिर नजान अनुरोध गरेको छ ।

भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न,मास्क लगाउन, खानपानमा ध्यान दिन र पटक पटक साबुन पानीले हात धुन स्वास्थ्य मन्त्रालयको सुझाएको छ।

सबै नागरिक सचेत भइ कोरोना रोकथामका उपायाहरु अपनाए कोरोना नियन्त्रण हुने मन्त्रालयको दावी छ। नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र ४७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो।

वि.सं.२०७७ असार १८ बिहीवार १७:३५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...