back
NMB ad

अमेरिकामा थपिए ४५ हजार भन्दा धेरै कोरोना संक्रमित

Kumari bank ad

काठमाडौं । अमेरिकामा विगत २४ घण्टामा ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन। अमेरिकामा एकै दिन ४५ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ पछिल्लो २४ घन्टामा साढे २ सय मानिसको मृत्यु भएको छ।

हिजो एकैदिन ब्राजिलमा एक हजार भन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ ३५ हजार नयाँ संक्रमित थपिएका छन्। छिमेकी देश भारतमा हिजो एकैदिन ६१० जनाको मृत्यु भएको छ भने १९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा मेक्सिकोमा ६५४,पेरुमा १८६,रुसमा १६८ र इरानमा १४८ जनाको मृत्यु भएको अन्तरार्ष्टिट्रय संचार माध्यमले जनाएका छन्। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ लाख ३३ हजार मानिसको मृत्यु भएको छ।

हालसम्म १ करोड १३ लाख ७० हजार भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये साढे ५८ हजार मानिस गम्भिर अवस्थामा उपचार गराइरहेका छन्।

त्यस्तै, ६४ लाख २८ हजार उपचारपछि स्वस्थ भएका समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर साढे चार हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ। १ लाख ८९ हजार ४ सय १३ नयाँ संक्रमित थपिएका छन् ।

वि.सं.२०७७ असार २१ आइतवार ०७:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...