back
NMB ad

साईबर अपराध बढ्दै

Kumari bank ad

काठमाडौं । शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना नाम परिवर्तन र जेठानी एन्जिला नाम परिवर्तन को सम्बन्ध राम्रै थियो।
परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो।

उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे। एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो। गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घटना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्।

सम्झनाले आफ्नै संवेदनशील अंगको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्कतबारे एन्जिला बेखबर थिइन्। लगातार एन्जिलाका साथीहरुलाई त्यस्ता फोटो र भिडियो पुग्न थाले।

एन्जिलालाई दिदी भनेर सम्बोधन गर्ने एक युवकको फेसबुकमा सम्झनाले पठाएको सन्देश पुग्यो। ती युवकलाई सन्देश पठाउँदा सम्झनाले शारीरिक सम्बन्ध राख्न चाहेकोसम्म लखेर पठाएकी थिइन्। ती युवक अचम्ममा परेर आफूले दिदी मानेकी एन्जिलाको फेसबुकबाट त्यस्तो सन्देश आएपछि त्यसबारे एन्जिलालाई फोन गरेर सोधे। तब मात्र एन्जिला छाँगाबाट खसेजस्तै भइन्।

उनले फेसबुकको पासवर्ड बिर्सिएको लागेर महिना दिनदेखि फेसबुक चलाएकी थिइनन्। तर भाइ नाता पर्नेले नै उक्त सन्देशको बारेमा बताएपछि उनी छक्क पर्नु स्वभाविकै थियो। एन्जिला आफन्तसँगै महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। उनले घटनाबारे जानकारी गराउँदा फेसबुकको पासवर्ड देवरानी सम्झानालाई मात्रै सेयर गरेको बताइन्।

प्रहरीले सम्झनालाई पक्राउ गरी महाशाखामा ल्याएर केरकार गर्दा सबै रहस्य बाहिर आयो। एन्जिलाको फेसबुकको पासवर्ड पुन क्रिएट गरेर प्रहरीले सम्झनाका अश्लील हर्कतबारे जानकारी लिएपछि दुबैका परिवारलाई बोलाएर मुद्दा चलाउने वा नचलाउने भनेर राय माग्दा एक पटकलाई भइहाल्यो भनेर उनीहरु राजी भए। प्रहरीले सम्झाइ, बुझाइ गरी उनीहरुलाई छाडिदियो। महाशाखामा एक हप्ता अघि मात्रै पुगेको यो उजुरीबारे रहस्य खोतल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

महाशाखाकै साइबर पिलरमा अर्को रोचक घटनाको उजुरी परेसँगै प्रहरीले मुद्दासमेत दर्ता गरेको छ। खोटाङ घर भई गौशाला बस्दै आएका एकराम राईले प्रेमिकासँग गौशालाकै एक होटलमा शारीरिक सम्पर्क गरे। राइको योजना त्यष्ति मात्र थिएन। उनले उक्त अश्लील हर्कतलाई बिकाउको वस्तु बनाए। उनले मलेसिया, कतार, दुबईमा रहेका नेपाली कामदारहरुलाई चङ्गुलमा पार्ने योजना बनाए।

उनले युवतीको नाममा एकाउन्ट खोलेर अश्लील गफ गर्न थाले। गफैगफमा उनले अर्धनग्न फोटो पठाए। अरु पनि थुप्रै फोटो र भिडियो पठाएबापत पैसा पठाउन भने। केही युवाहरुले पाँच हजार, १० हजार, १५ हजार र २५ हजारका दरले पैसा पठाउन थाले। राईले प्रेमिकालाई थाहै नदिइ गरेको उक्त हर्कत दिन त पर्दाफास हुनुनै थियो। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असार २१ आइतवार ०८:०५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...