मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आइतवार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले बताएको छ ।
काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ । यसबारे विस्तृतमा अपराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।
वि.सं.२०७७ असार २१ आइतवार १३:३३ मा प्रकाशित