back
NMB ad

सामान्य घट्यो शेयर बजार, कारोबार रकम भने अर्बमाथि

Kumari bank ad

काठमाडौं । यो साता आइतबारदेखि नै निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । निरन्तर उकालो लागेको बजार हप्ताको चौथो दिन १० दशमलव १३ अंकले ओरालो लागेको हो ।

१० अंकले ओरालो लाग्दा नेप्से १३ सय २६ विन्दुमा पुगेर बन्द भएको छ । दिनभर घटबढ भईरहेको नेप्से बजारमा ट्रेडिङ र म्युचुअल फण्डबाहेकका सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

शून्य दशमलव ७६ प्रतिशत घटेको बुधबारको सेयर बजारमा कारोबार रकम भने रू. १ अर्ब नाघेको छ । यस दिन १७९ ओटा कम्पनीको १९ हजार ५४१ पटकको व्यापारमा रू. १ अर्ब ७ करोड ८४ लाख ६२ हजार बराबरको २९ लाख ७७ हजार ७०६ कित्ता सेयर कारोबार भएको छ ।

बुधबारको बजारमा लगानीकर्ता नाफा बुक गर्नेतर्फ केन्द्रित भएको विश्लेषकको तर्क छ । । समग्र कारोबारलाई हेर्दा बजार घटेको नभई स्थिर रहेको विश्लेषकको भनाइ छ । असार मसान्तलगायत सामान्य कारणले बजारमा केही उतारचढाव देखिएको बताउँछन् बजारलाई नजिकबाट नियालिरहेकाहरु ।

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन २ दशमलव ६४ अंक घटेर २७९ दशमलव ९५ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत घटेको हो ।

बुधबारको कारोबारमा पनि नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गर्ने स्थान कायमै राखेको छ । यस दिन रू. २५ करोड ५७ लाख ९९ हजार बराबरको कारोबार भएको उक्त कम्पनीको सेयर मूल्य रू.२४ ले बढेको छ ।

१० अंकभन्दा बढीले घटेको बजारमा ६२ ओटा कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले कमाएका छन् । बुधवार उक्त कम्पनीको सेयरमूल्य रू. ७२ ले बढेर १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी गुमाउनेमा तारागाउँ रिजेन्सी होटलका सेयरधनी रहेका छन् । यस दिन उक्त कम्पनीको सेयर मूल्य सबैभन्दा बढी रू. १५ ले घटेको छ । बुधवारको कारोबारमा ९९ ओटा कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापारिक समूहको १ दशमलव ७७ प्रतिशत र म्युचुअल फण्ड समूहको १ दशमलव शून्य ५ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बैंकिङ समूहको शून्य दशमलव ९५ प्रतिशत, होटल समूहको २ दशमलव ७२ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ९ प्रतिशत, वित्त समूहको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४५ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७५ प्रतिशत परिसूचक घटेको छ ।

वि.सं.२०७७ असार २४ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...