काठामाडौं । सोमवार कारोबार भएको दुई घण्टामा नेप्से परिसुचक ३ अंकले बढेर १ हजार ३४३ दशमलव ३४ विन्दुमा पुगेको छ । सो अवधिमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।
दुई घण्टाको कारोबार अवधिमा १७७ ओटा कम्पनीको रू. ५१ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसुचक शून्य दशमलव ११ प्रतिशत, वित्त समूहको परिसुचक शून्य दशमलव २५ प्रतिशत र अन्य समूहको परिसुचक शून्य दशमलव ७५ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसुचक बढेको छ ।
वि.सं.२०७७ असार २९ सोमवार १३:११ मा प्रकाशित